लुम्बिनी प्रदेश सरकारको कार्य विभान नियमावली २०७९ अनुसार उद्योग, पर्टयन तथा यातायात मन्त्रालयको कार्य जिम्मेवारी अन्तरगत यस कार्यालयले देहाय बमोजिमका कार्यहरु गर्दछ ।
१.पाल्पा जिल्ला भित्र लघु, घरेलु तथा साना उद्योगहरुको दर्ता नवीकरण लगायत उद्योग प्रशासनसँग सम्बन्धित कामहरु,
२.वाणिज्य फर्महरुको दर्ता नवीकरण तथा वाणिज्य प्रशासनसँग सम्बन्धित कार्यहरु,
३. पाल्पा जिल्लामा उद्यौगिक प्रवद्धन तथा विकाससँग सम्बन्धित कार्यहरु,
४.विभिन्न व्यवसायिक सिपमूलक तालिमहरु सञ्चालन,
५.उद्योग तथा बाणिज्य फर्महरुको अनुगमन, निरिक्षण र नियमन र औद्योगिक तथा व्यापार व्यवसाय प्रवद्धनसँग सम्बन्धित अन्य कार्यहरु गर्दछ ।