परिचय
घरेलु तथा साना उद्योग कार्यालयमा रहेको घरेलु इलम केन्द्र लुम्बिनी अञ्चन पाल्पा दर्शक पुस्तकमा भएको विभन्न व्यक्तित्वहरुले गरेको अनुगमनको अभिलेख हेर्ने हो भने भने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको स्थापना २०२० साल तिर घरेलु इलम केन्द्र लुम्बिनी अञ्चल तानसेन पाल्पाको रुपमा भएको देखिन्छ तर घरेलु तथा साना उद्योग विभागको वेवसाईटमा हेर्ने हो भने घरेलु इलमको प्रचार गर्ने उद्देश्यका साथ आ.व.२०२१/२२ मा अञ्चल केन्द्रको अवधारणा सहित १४ वटा अञ्चलमा घरेलु ईलम केन्द्र स्थापना भएको देखिन्छ । पछि वि.सं. २०३० सालमा उद्योग प्रशासन समेतको काम गर्ने गरी घरेलु तथा ग्रामिण उद्योग कार्यालयको रुपमा नाम परिवर्तन भएको थियो । वि.स. २०४९ मा घरेलु तथा साना उद्योग कार्यालय पाल्पा नामाकारण गरियो । देश संघीयतामा गई सकेपछि नेपाल सरकारको उद्योग विभाग अन्तरगत रहेको यस कार्यालय वि.स. २०७५ सालमा नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि उद्योग, वाणिज्य, वन तथा वातावरण मन्त्रालय अन्तरगत रह्यो । हाल लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत यस कार्यालय रहेको छ ।